काठमाडौं ८ पौष । प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आज बस्ने प्रदेशको बैठकमा प्रदेशको नामाकरणको विषयमा ६ वटा प्रस्ताव पेस गर्ने कार्यसुची रहेको बताइएको छ । प्रदेश सभाको आठौं अधिवेशन अन्र्तगत आज बस्ने बैठक दोस्रो हो ।
आजको बैठमा स्थायी राजधानी तोक्ने विषयमा पनि ख छलफल हुने बताइएको छ । साथै पछिल्लो बैठकमा पेस भएको अध्यादेशमाथि छलफल हुने भएको छ ।
नेपाली कांग्रेसको प्रदेश २मा नेतृत्व चयनका लागि भइरहेको मतदानले भने बैठकमा केहि असर पर्ने सम्भावना देखिएको छ ।