कुनै पनि न्यायाधीशले यो मुद्दा हेर्न मिल्दैन ,नयाँ न्यायाधीश आइसकेपछि यो मुद्दालाई हेर्ने गरी टुंगोमा लगाउनुपर्ने हुन्छ : महान्यायाधीवक्ता बडाल — OSNepal

कुनै पनि न्यायाधीशले यो मुद्दा हेर्न मिल्दैन ,नयाँ न्यायाधीश आइसकेपछि यो मुद्दालाई हेर्ने गरी टुंगोमा लगाउनुपर्ने हुन्छ : महान्यायाधीवक्ता बडाल

LC (KTM) May 30, 2021 0

काठमाडौँ १६ जेठ । — महान्यायाधीवक्ता रमेश बडालले अदालतलाई दवाव दिने काम कसैलाई नभएको बताएका छन् । आज संसद विघटन विरुद्ध परेको रिटको सुनुवाई भएको दोस्रो दिनमै न्यायाधीहरुमा रिट निवेदकहरुले प्रश्न उठाएपछि महान्यायाधीवक्ता बडालले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेस शेरबहादुर देउवाको तर्फबाट दायर भएको रिटको बहस गर्न आएका कानुन व्यावसायीहरुलाई महान्यायाधिश बडालले यदि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा, न्यायाधीशहरू बमकुमार श्रेष्ठ र जबहादुर केसीले यो मुद्धा हेर्न नमिल्ल्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धका कुनै पनि मुद्धा हेर्न नमिल्ने बताउँदै अर्कालाई औला ठड्याउँदा आफूतिरै चार औला फर्किएका हुन्छन् भन्‍ने ख्याल गर्न रिट निवेदक तथा अधिवक्ताहरुलाई आग्रह गरेका छन् ।

‘अदालतमाथी प्रेसर क्रीयट गर्ने अधिकार कुनै पक्षलाई पनि हुँदैन । यो मुद्दामा दबाब सिर्जना गर्ने मेन्टालिटी देखिएको छ । मिडिया ट्रायल भैरहेको छ,’ बहसका क्रममा महान्यायाधिवक्ता बडालले भने । वर्तमान न्यायाधिशहरुले सरकारका विषयका जुनै पनि विषयमा मुद्धा हेरेकाले अब यो मुद्धा हेर्न नयाँ न्यायाधिश आउनु पर्ने भन्दै बडालले भने, ‘त्यो कुरालाई मानक मान्ने हो भने कुनै पनि न्यायाधीशले यो मुद्दा हेर्न मिल्दैन । नयाँ न्यायाधीश आइसकेपछि यो मुद्दालाई हेर्ने गरी टुंगोमा लगाउनुपर्ने हुन्छ ।’

नेकपा एमाले र माओवादी ब्युँताउने काम न्यायाधीश बमकुमार श्रेष्ठको फैसलालो गरेको र उक्त फैसलामाथि पुनरावलोकन नदिने न्यायाधीश तेजबहादुर केसी गरेको भन्दै न्यायाधीशमा प्रश्न उठेपछि बडालले भने , ‘तीन न्यायाधीशले मिल्दैन भने केपी ओली विपक्षी भएको कुनै पनि मुद्दा यो अदालतले हेर्न मिल्दैंन ।’ रिट निवेदकले भनेजसरी इजलास गठन हुँदा कुनै पनि न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भनेर निवेदन हालेमा के गर्नुहुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर