रोमानियाली सुन्दरी लुलिआ बन्तुरलाई पनि छाडेका हुन् सलमानले ? कहाँ पुग्यो विबाहको कुरा ? — OSNepal

रोमानियाली सुन्दरी लुलिआ बन्तुरलाई पनि छाडेका हुन् सलमानले ? कहाँ पुग्यो विबाहको कुरा ?

LC (KTM) May 30, 2021 0

बलिउडका सुपरस्टार सलमान खान अहिले ५४ बर्षका भए तर पनि बिबाह भएको छैन । आफ्नो फिल्मि करियरमा उनको नाम दर्जनौ चर्चित नायिका तथा सुरा सुन्दरीहू संग जोडिदै आएको छ । उनको संगीता बिजलानी, ऐश्वर्या राय, कैटरीना कैफ लगायतका सुन्दर नायिका संग नाम जोडिसकेको छ । तर पनि उनी ५४ बर्षको भइसक्दा पनि सिंगल नै छन् ।

उनको जिन्दगीमा धेरै सुरा सुन्दरीहरुले इन्ट्रि त मारे तर पनि सलमानसंग घरबार बसाउन सकेनन् । तर यसो हुनुमा उनले आफ्नै कारण देखाएका छन् । उनले पहिलो पटक एक अन्र्तबार्तामा आफ्नो रिलेशनसिपका बिषयमा मुख फोरेका हुन् ।

अन्र्तबार्तामा उनलाई घरमा बिबाहको कुरा हुन्छ कि हुदैन भनेर सोधिएको थियो तर उनले हाँसेरै टारीदिएका थिए । अन्र्तबार्ताकारले लुलिआ बन्तुरलाई लिएर सलमान खानलाई कसै संग डेट चलिरहेको छ कि भनेर प्रश्न गरेका थिए । उनले आफु कहिले पनि रिलेशनसिपमा बिल्कुलै राम्रो नरहेको प्रतिक्रिया दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर