नेपाली नेताहरुको बुद्धि कहिले आउला भनेर चिन्तित बने महानायक राजेश हमाल — OSNepal

नेपाली नेताहरुको बुद्धि कहिले आउला भनेर चिन्तित बने महानायक राजेश हमाल

LC (KTM) May 30, 2021 0

नेपाली कलाकारहरु मध्ये कहिल्यै पनि बिबादीत नबनेका महानायक राजेश हमाल हुन् । उनी सबैभन्दा कम सामाजिक सञ्जालमा आफ्ना अभिब्यक्ति दिने कलाकारमा पर्छन् । खासै उनले सामाजिक सञ्जालमा आफ्ना अभिब्यक्तिहरु दिने गरेका छैनन् ।

तर हाल उनले कडै भिडीयो सामाजिक सञ्जालमा शेयर गरेका छन् । उनले सार्वजनिक गरेको ८ मिनेटको यस भिडीयोमा उनले कोरोना रोकथाम तथा नियन्त्रणमा राजनितीक दलका नेता उदासिन देखिएको आरोप लगाएका छन् ।अभिनेता राजेश हमाल सितिमिति सार्वजनिक विषयमा बोल्दैनन्। सामाजिक सञ्जालमा राजनीतिक वा सार्वजनिक विषयमा खासै लेख्दैनन्।

आईतबार उनले भिडीयो सन्देश जारी गर्दै राजनीतिक दल र सरकारका कृयाकलापप्रति असन्तुष्टि जनाउँदै भनेका छन्– बेलायतको संसदमा नेपालले कोरोना भाइरसका कारण भोगिरहेको विपत्तिको विषयमा चर्चा चल्यो। तर हाम्रो संसदमा किन यो विषयको चर्चा मैले सुनिनँ।’

हमालले नेपाल सरकारले अहिलेको महामारीमा गम्भीरतापूर्वक काम नगरेको पनि गुनासो गरेका छन्। विश्वले नेपालको बारेमा गहिरो रुपमा चासो लिएका बेला नेपालको सरकारलाई रतिभर पनि चिन्ता नरहेको भन्दै दृुःख प्रकट गरेका छन् ।

उनले यो बिषम परिस्थितीमा संबदेशनशिल बन्न सरकारलाई आग्रह गरेका छन् । त्यतिमात्र हैन महामारीमा केन्द्रित भएर द्रुत रुपमा काम गर्न समेत सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर