महिला हिंसा बर्षेनी बढ्नु दुःखद रहेको सामाजिक बिकास मन्त्री यादवको भनाई — OSNepal

महिला हिंसा बर्षेनी बढ्नु दुःखद रहेको सामाजिक बिकास मन्त्री यादवको भनाई

LC (KTM) December 22, 2021 0

प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले महिला हिंसाका घटना बढ्नु एकदमै दुःखद रहेको बताएका छन् । बर्षेनी हिंसाको संख्या बढ्दै जानु चिन्ताको विषय भएको मन्त्री यादवको भनाई थियो । सामाजिक विकास मन्त्रालयका आयोजनामा अल्पकालिन आश्रयस्थलहरुले प्रवाह गर्ने सेवा सुविधाका संवन्धमा स्थानीय तहका उपप्रमुख र आश्रयस्थलहरुका संयोजकहरुवीच आज देखि विराटनगरमा शुरु भएको समीक्षा तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

मन्त्री यादवले महिला हिंसाका घटना न्युनीकरणका लागि गाउँ–गाउँमा सचेतना आवस्यक रहेकोमा जोड दिए । सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा प्रदेश १ का १५ स्थानीय तहमा सञ्चालित अल्पकालिन आश्रयस्थलहरुले प्रवाह गर्ने सेवाका प्रभावकारीताका आधारमा अन्य स्थानीय तहहरुमा पनि कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

कार्यक्रममा प्रदेश १ उपसभामुख सरस्वती पोखरेल, प्रदेश सांसदहरु, सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई, स्थानीय तहका उपप्रमुखहरु, संरक्षण गृहका संयोजक लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर