रुपन्देही, १६ जेठ-लुम्बिनी सांस्कृतिक नगरपालिका(६ लुम्बिनी बिकास कोषको जग्गामा कपिलबस्तु शिवराज नगरपालिका(५ बस्ने मोहन अधिकारीको शिवराज मौरी पालन फर्मको १ सय वटा मौरीघार बाढीले बगाउँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
अबिरल वर्षाको कारण शनिबार दिउँसो आएको बाढीले उक्त फर्ममा रहेको मौरीको घार बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरीले ५० वटा मौरिघार उद्दार गरेको थियो ।
यो पनि पढ्नुहोस -चलचित्र प्राविधिकलाई सदाबहार नायिका करिश्माले बाडिन् राहात : सदाबहार अभिनेत्री करिश्मा मानन्धरले चलचित्र प्राविधिकलाई राहत बाडेकी छन् ।कोरोनाले कामविहीन भएर बसेका चलचित्र प्राविधिकलाई नले आफ्नै उपस्थितिमा राहत वितरण गरेकी हुन् । उनले ३० जना प्राविधिकको परिवारलाई राहत वितरण गरेकी हुन् । उनले राहतमा चामल, दाल, तेल, नुनसँगै खाना पकाउने ग्यास भर्नका लागि जनही १५ सय नगद समेत दिएकी छन् ।
नेपाल चलचित्र प्राविधिक संघको समन्वयमा उनले प्राविधिकका लागि राहत दिएकी हुन् । करिश्माले ‘यो महामारीको समयमा हामी सबैले हातेमालो गर्नु जरुरी रहेको बताएकी छन् । अगाडी भनेकी छन् प्राविधिकहरू हाम्रा आफ्नै घरका सदस्यहरु हुन् । त्यसैले जति सकिन्छ । त्यो सहयोग गरौँ ।’प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले महामारीको समयमा प्राविधिकहरू सबैभन्दा बढी मार्कामा परेको भन्दै सहयोगका लागि अपिल गरेका छन् ।