प्रदेश १ मा १८ जनामा कोरोना संक्रमण, ११ जना संक्रमणमुक्त — OSNepal

प्रदेश १ मा १८ जनामा कोरोना संक्रमण, ११ जना संक्रमणमुक्त

LC (KTM) December 22, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण भएको छ । ४३६ जनाको पीसीआर परीक्षण गर्दा १६ र ११६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५, झापामा ४, धनकुटामा ३, सुनसरीमा २ र उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा २, कानेपोखरी, मिक्लाजुङ र पथरीशनिश्चरेमा १–१, झापाको विर्तामोडमा २, हल्दिबारी र मेचीनगरमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, सुनसरीको इटहरीमा २, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो । प्रदेश १ मा आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ८ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर