रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाई — OSNepal

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाई

LC (KTM) December 22, 2021 0

काठमाडौं ७ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । निर्वतमान रक्षा मन्त्री डा. मिलेन्द्र रिजालले राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि देउवाले पाएका हुन् ।

रिजालले १४ औं महाधिवेनशमा महामन्त्री पदमा पराजित भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

आज बुधबार बसेको संसद बैठकमा एमालेको नारावाजीका बिच पनि सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाई रक्षा मन्त्रालयको कार्यभार देउवालाई तोकिएको जानकारी गराएका छन् ।

पत्रमा भनिएको छ , ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्या भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषदका माननीय रक्षामन्त्री डामीनेन्द्रप्रसाद रिजालले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड ‘क’ बमोजिम मन्त्री पदबाट राजीनामा दिनु भएकाले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा रक्षा मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूलाई सम्हाल्ने गरी तोक्नुभएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर