नेपाली कांग्रेसमा इतिहास बनाएका शिर्ष नेताहरुको सन्तान परे १४ औं महाधिवेशनमा जिल्ल,कोइराला परिवारको विरासत हराउने अवस्था — OSNepal

नेपाली कांग्रेसमा इतिहास बनाएका शिर्ष नेताहरुको सन्तान परे १४ औं महाधिवेशनमा जिल्ल,कोइराला परिवारको विरासत हराउने अवस्था

LC (KTM) December 21, 2021 0

काठमाडौं ६ पौष । नेपाली कांग्रेसको १४ औ महाधिवेशनले कांग्रेसमा इतिहास बनाएका शिर्ष नेताहरुको सन्तानलाई ठुलो धक्का दिएको छ ।

गिरिजा प्रसाद कोइरालाका भतिजा दाजु केशवप्रसाद कोइरालाका सुपुत्र डा शेखर कोइरालाले १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग परिजित भएका छन् । गिरिजाकी सुपुत्री सुजता कोइराला उपसभापतिमा परिाजित भएकी छन् ।

त्यसैगरी , नेता गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह पनि सभापतिमा पराजित भएका छन् । सभापतिमै पराजित हुने अर्का महेन्द्रनारायण निधिका सुपुत्र विमलेन्द्र निधि रहेका छन् ।

वसन्त गुरुङका सुपुत्र कल्याण गुरुङ पनि १४ औं महाधिवशेनमा सभापतिमा पराजित भएका हुन् । एक पछि अर्को गर्दै सभापति देखि केन्द्रिय सदस्य सम्ममा पनि शिर्ष नेताहरुका सन्तान नराम्ररी पछारिएका छन् ।

प्रथम राष्ट्रपति डा. रामवरण यादवकी भतिजी किरण यादव पनि केन्द्रीय सदस्यमा पराजित भएकी छन् । महामन्त्री भइसेकका वीपी कोइरालाका पुत्र डा. सशांक कोइराला ब्याक भएका छन् ।

तटस्थ बसेका उनी खुल्ला तर्फ सर्वाधिक मत ल्याएर केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । यो महाधिवेशनले नेताका सन्तानलाई पाठ सिकाएको छ कि आफ्ना आफन्त हुँदैमा राजनीतिमा सफल भइदैँन ।

तथापी, रामवरण यादवका छोरा चन्द्रमोहन भने मधेशी खुल्लातर्फको केन्द्रीय सदस्य जित्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर