'आफुविरुद्ध सडकमा विपक्षी दलहरुले आन्दोलन गर्छन् भनेर ओली सरकारले कोरोना नियन्त्रणको नाम नागरिकको अधिकार कुण्ठित गर्यो' — OSNepal

‘आफुविरुद्ध सडकमा विपक्षी दलहरुले आन्दोलन गर्छन् भनेर ओली सरकारले कोरोना नियन्त्रणको नाम नागरिकको अधिकार कुण्ठित गर्यो’

LC (KTM) May 30, 2021 0

काठमाडौँ १६ जेठ । प्रधानमन्त्री केपी ओली सरकारले गरेको संसद विघटनको विरुद्धमा पाँच राजनितिक दलहरुले कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि प्रतिवाद गर्ने भएका छन् । आज आइतबार बिहानै देखि कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको छलफलमा जुटको पाँच विपक्षी दलहरुले ओली सरकारले गरेकोअसंवैधानिक कदमविरुद्ध कानुनी लडाइँ निणर्य गरेको हो ।

उक्त छलफलमा बैधता गुमाएको सरकारले ल्याएको बजेट प्रति पनि यी पाँच दलले आपत्ती जनाएका छन् । छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, देव गुरुङ,माधव नेपाल र भीम रावल,जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायतको सहभागीता रहेको थियो ।

संसद विघटन विरुद्ध सडकमा विपक्षीदलहरुले आन्दोलन गर्छन् भनेर कोरोना नियन्त्रणको नाम नागरिकको अधिकार कुण्ठित पार्ने काम सरकारबाट भएको छलफलले निष्कर्ष निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर