थप २३२ जना कोरोना संक्रमित निको हुँदा तिन जनाको मृत्यु, २५ जना संक्रमित भेन्टिलेटरमा — OSNepal

थप २३२ जना कोरोना संक्रमित निको हुँदा तिन जनाको मृत्यु, २५ जना संक्रमित भेन्टिलेटरमा

LC (KTM) December 21, 2021 0

काठमाडौं ६ पौष । नेपालमा पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या
९ लाख २२ हजार २२७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टमा देशभर १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी २९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा २३२ जना संक्रमण मुक्त हुँदा तिन जनाको भने ज्यान गएको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५७७ पुगेको छ । कोरोनाका बिरामीमध्ये ९५ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर