एमसीसी सत्तागठवन्धन फुटाउन सक्ने संयन्त्र बन्दै, देउवा अगाडी बढ्दा प्रचण्ड नेपाल हटे पछाडि — OSNepal

एमसीसी सत्तागठवन्धन फुटाउन सक्ने संयन्त्र बन्दै, देउवा अगाडी बढ्दा प्रचण्ड नेपाल हटे पछाडि

LC (KTM) December 21, 2021 0

काठमाडौं ६ पौष । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता पास गर्ने पक्षमा रहेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसको एमसीसीको विषयमा साझा अवधारण भएको भन्दै यस विषयमा अघि बढेको छ । कांग्रेसकै गृहमन्त्री बालकृष्ण खाँडले पनि एमसीसी पास गर्नुपर्छ भन्दै आएका छन् ।

सत्तागठवन्धनको समर्थनमा नै एमसीसी पास गर्ने भनिए पनि सत्ता गवठन्धनका माओवादी केन्द्र र नेकपा एकिकृत सामाजवादी पार्टीले यथास्थितिमा एमसीसी पास गर्न नहुने भन्दै असहमति जनाउँदै आएका छन् ।

देउवा एमसीसी पास गर्न अगाडी बढ्दा सत्तागठवन्ध कै प्रचण्ड र माधव नेपालको असहमतिले अप्ठ्यारोमा परेका छन् । कतै एमसीसीले सत्ता गठबन्धन तोडिने त होइन भन्ने विषयमा महत्वपुर्ण बनेको छ ।

यथास्थितिमा एमसीसी पारित गर्न प्रचण्ड र नेपाल सहमत नहुँदा अगाडी बढेका देउवा ब्याक नहुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर