काठमाडौं ६ पौष । प्रतिनिधि सभाको दशौं अधिवेशन दोस्रो बैंठक पनि प्रतिपक्षी दल नेकपा एमालेले विरोध प्रर्दशन गरेको छ ।
आज बसेको संसद बैठकमा पनि एमालेले अवरोध गरेपछि विरोधकै बाबजुत पनि संसद बैठक सुचारु भएको छ ।
बैठक सुरु भएसँगै बेल घेराउ गदैं नारावाजी गरेका एमालेका सांसदहरुले बाबजुत पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुचारु गरेका हुन् । बैठकले दुई अध्यादेश समेत पारित गरेको छ ।
बैठकले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको छ ।