दैनिक १७ जनाको मृ त्यु हुने गरेको बाँकेका अस्पतालमा ह्वात्तै घट्यो मृ त्युदर — OSNepal

दैनिक १७ जनाको मृ त्यु हुने गरेको बाँकेका अस्पतालमा ह्वात्तै घट्यो मृ त्युदर

LC (KTM) May 30, 2021 0

बाँके- कोरोना सङ्क्रमित बिरामीको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृ त्युदर ह्वात्तै घटेको छ । दैनिक १५ देखि १७ जनाको मृ त्यु हुने गरेकामा अहिले ह्वात्तै घटेको छ । गएरातिदेखि आज बिहानसम्म चार जनाको मृ त्यु भएको छ । मृत्यु हुने सबै बाहिरी जिल्लाका रहनुभएको छ भने पछिल्लो २४ घण्टामा बाँकेका बिरामीको मृ त्यु शुन्य रहेको छ ।

अस्पतालमा अहिले भर्ना हुने बिरामी र मृ त्यु हुने अधिकांश बाहिरी जिल्लाका सङ्क्रमित रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमणबाट हालसम्म बाँकेका २८८ को मृ त्यु भएको छ भने विभिन्न बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचारका लागि आएका २७९ को उपचारका क्रममा मृत्यु भएको छ ।

पछिल्लो पटक गएरातिदेखि आज बिहानसम्म यहाँका अस्पतालमा भर्ना भएका दाङ, बर्दिया र सल्यानका चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नं ४ निवासी ४२ वर्षीया महिलाको गएराति ११ः०० बजे मृत्यु भएको छ ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बर्दिया बाँसगढी नगरपालिका– ३ निवासी ४२ वर्षीय पुरुषको आज बिहान ३ः३० बजे, सल्यान बागचौर नगरपालिका– ८ निवासी ६१ वर्षीय पुरुषको बिहान ५ः३० बजे र बर्दिया बढैयाताल गाउँपालिका– ५ निवासी ५८ वर्षीया महिलाको आज बिहान ६ः४५ बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर