प्रचण्ड देखी भट्टराईसम्मको भेट देउवा निवास बुढानिलकण्ठमा — OSNepal

प्रचण्ड देखी भट्टराईसम्मको भेट देउवा निवास बुढानिलकण्ठमा

LC (KTM) May 30, 2021 0

काठमाडौँ १६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षीदलहरुको छलफल भइरहेको बुझिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि एक जुट भएका विपक्षी दलहरु संसद विघटनको विषयमा कानुनी लडाई लड्ने निणर्य गरेका छ्न ।

हिजो मात्र सरकारले सार्वजनिक गरेको बजेटको विषयमा छलफल गर्न आज बिहान देखि नै विपक्षीदलहरु छलफलमा जुटेको बुझिएको छ । छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, देव गुरुङ,माधव नेपाल र भीम रावल,जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत नेताहरुको सहभागी रहेको बुझिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर