सर्वोच्च अदालत परिसमा प्रदर्शन नगर्न कानुन व्यवसायीलाई सर्वोच्च प्रशासनको निर्देशन — OSNepal

सर्वोच्च अदालत परिसमा प्रदर्शन नगर्न कानुन व्यवसायीलाई सर्वोच्च प्रशासनको निर्देशन

LC (KTM) December 21, 2021 0

काठमाडौं ६ पौष । प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसमा भएको प्रदर्शन नगर्न सर्वोच्च अदालत प्रशासनले आन्दोलनरत कानुन व्यवसायीलाई निर्देशन दिएको छ ।

अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई सोमबार फोन गरेर प्रदर्शन निर्देशन दिएको बताइएको छ । श्रेष्ठले आफुलाई प्रधानन्यायाधीश जवराको निर्देशनमा प्रशासनले यस्तो निर्देशन दिएको बताएका छन् ।

तथापी, उनले आफ्नो माग पुरा नभए सम्म आन्दोलन यथावत राख्ने जनाएका छन् । विगत एक महिना देखि कानून व्यवसायीहरुले नेपाल बार एसोसिएसनको अगुवाइमा हरेक दिन बिहान ११ बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतको मूलगेटमा प्रदर्शन गर्दै आएका छन् । त्यस पश्चात मात्र सर्वोच्च अदालतको इजलास बस्ने गरेको छ ।

केहि साता अगाडी मात्र गोला प्रक्रियाबाट पेशी तोकेपछि इजलास सुरु भएको छ । तथापी प्रधानन्यायाधीश जबरालाई भने अस्विकार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर