ताप्लेजुङ् सुकेटार बिमानस्थलको नाम रविन्द्र अधिकारी राख्नु भन्दा अगाडी त्यसको आबश्यकता र औचित्यताबारे छलफल गरौँ : भट्टराई — OSNepal

ताप्लेजुङ् सुकेटार बिमानस्थलको नाम रविन्द्र अधिकारी राख्नु भन्दा अगाडी त्यसको आबश्यकता र औचित्यताबारे छलफल गरौँ : भट्टराई

LC (KTM) May 30, 2021 0

काठमाडौँ १६ जेठ । नेकपा एमाले नेता योगेश भट्टराईले हिजो सार्वजनिक गरिएको आर्थिक बजेटबो विषयमा अशन्तुष्टि व्यक्त गरेका छन् । बजेट भाषण गर्दै गर्दा अर्थमन्त्री विष्णु पौडेलले ताप्लेजुङको सुकेटार विमानस्थको नाम फेरि स्वर्गीय पर्यटन मन्त्ती रवीन्द्र अधिकारीको नामबाट राख्ने भनेको विषयलाई लिएर नेता भट्टराईले ट्वीटर मार्फत अशन्तुष्टि जायर गरेका हुन् ।

नेता भट्टराईले ‘ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, साअन्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नुपर्ने बताएका छन् ।

यसरी आफुखुसी निणर्य गरिएको भने विवाद तनाव मात्र हुने नेता भट्टराईको तर्क रहेको छ । असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ । अन्यथा बिबाद, बिभाजन र अनाबश्यक तनाबमात्र झेल्नु पर्दछ । उनले भनेका छन्

उनले लेखेका छन् । ताप्लेजुङ् सुकेटार बिमानस्थलका बारेमा:एेतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, साअन्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ । यसरीमात्र सहभागीता मुलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ । अन्यथा बिबाद, बिभाजन र अनाबश्यक तनाबमात्र झेल्नु पर्दछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर