माओवादी बागमती अध्यक्षमा सरल निर्वाचित (विजयीकाे सूचीसहित) — OSNepal

माओवादी बागमती अध्यक्षमा सरल निर्वाचित (विजयीकाे सूचीसहित)

LC (KTM) December 21, 2021 0

काठमाडाैं, ६ पुस – नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री चयन भएका छन् ।

प्रदेश सम्मेलनकाे निर्वाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित सहयात्री प्रदेश अध्यक्षमा विजयी भएका हुन् । कुल २ सय ६१ मत खसेकाेमा सहयात्रीले १६२ र गौतमले ८६ मत प्राप्त गरे ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी चयन भएका छन्। सचिवमा इन्द्रबहादुर थिङ तथासहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन्।

बागमती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन ।

बोलबम धामलाई धार्मिक पर्यटनको विकास गर्ने योजना, १२ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पुनर्निर्माण सुरु : धार्मिक पर्यटनको विकास गर्न रुपन्देहीको पर्रोहा बोलबम धामलाई आकर्षक डिजाइनमा पुनर्निर्माण गर्न थालिएको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको पर्रोहा बोलबम धाम पश्चिम नेपालकै ठूला शक्तिपीठ मध्येकै एक हो । १४ करोड रुपैयाँको लागतमा मूल मन्दिरसहितका संरचना निर्माण गर्न लागिएको र यसले बोलबम धामलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटनको केन्द्र बनाउने सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले बताए । सैनामैना नगरपालिकाले बोलबम धामको विकासका लागि गुरुयोजना बनाएर काम थालेको थियो । सोही गुरुयोजना अन्तर्गत नै पुनर्निर्माण सुरु गरिएको उनको भनाई छ ।

कार्कीका अनुसार बोलबम धाममा चारवटा ढोका हुनेछन् भने संरचनामा ५१ फिट लम्बाईको छानो हुनेछ ।पहिलो चरणको काम सम्पन्न गर्न छ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता भैसकेको छ । सम्झौता अनुसार पहिलो चरणमा प्यागोडा शैलीमा तामाको छानोसहित दुई तले मूल मन्दिर र सत्तल निर्माण हुने छ । यी संरचना दुई वर्षभित्र निर्माण सम्पन्न हुने नगर प्रमुख कार्कीले जानकारी दिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामवली चौधरीका अनुसार अहिले फाउन्डेशन निर्माणको काम सुरु भएको छ । दुई वर्षभित्रमा निर्माण थालिएका संरचनाको काम सकिने चौधरीले बताए । मूल मन्दिरका चारवटै कुनामा प्यागोडा शैलीका पन्चायतन मन्दिर बनाइने छ । नगरपालिकाका इन्जिनियर सुरज न्यौपानेका अनुसार मन्दिरको तल्लो तलामा २८ वटा र माथिल्लो तलामा २० वटा कलात्मक काठका टुँडाल रहनेछन् । बोलबम धाममा करिव पाँच सय किलोको मूल घण्ट, ५१ फिट अग्लो धातुको खम्बा बनाईने छ भने मन्दिरमा त्रिशुल र डमरु पनि रहने छ । त्यस्तै साढे पाँच फिटको मूल गजुर रहने इन्जिनियर न्यौपानेले बताए । संघीय सरकारको सशर्त अनुदानमा पुनर्निर्माण हुन थालेको मन्दिरमा सैनामैना नगरपालिकाको ३० प्रतिशत लागत सहभागिता रहने छ ।

मूल मन्दिरको पुर्वमा आकर्षक मूल प्रवेशद्वार र पश्चिममा पूजापाठ गर्ने कलात्मक गृह बनाइने र देवीदेवताका मूर्तिहरुलाई मूल मन्दिरबाट उत्तरमा राखी आकर्षक मन्दिर बनाउने गरी गुरुयोजना तयार पारिएको छ । मन्दिरको अग्रभागमा गणेश र कुमारले जलार्पण गरेको मूर्ति र हनुमानको मूर्ति बोलबम धामको आकर्षण हुनेछ । इन्जिनियर न्यौपानेका अनुसार धाममा प्यागोडा शैलीमै कलात्मक अग्निशाला, दक्षिणको सहायक प्रवेशद्वारलाई प्राचीन कलात्मक शैलीमा निर्माण गरिने छ । हाल जीर्ण अवस्थामा रहेको मन्दिर र मन्दिरसम्म पुग्ने सडकलाई हरियाली र आकर्षक बिजुलीबत्तीको व्यवस्थापन गरी सौन्दर्यीकरण गरिनेछ ।

मन्दिरको आयआर्जन बढाउन ११ वटा कलात्मक पसल समेत निर्माण गरिने छ भने ढल निकासको समेत व्यवस्था गरिने छ । धामको पुनर्निर्माण सम्पन्न भैसकेपछि वार्षिक १२ लाख धार्मिक पर्यटक भित्र्याउने नगरपालिकाको योजना छ । `मुक्तिनाथ र पशुनाथपछि सबैभन्दा ठूलाे धामको रुपमा पर्रोहा बोलबम धाम रहेको छ, वार्षिक १२ लाख पर्यटक सहजै आउन सक्छन्,´ कार्कीले भने । मूल मन्दिर निर्माणको पहिलो चरणको काम २०७९ मंसिर मसान्तसम्म पूरा हुने र दोस्रो चरणमा आठ करोड लागतका पूर्वाधारहरुको काम त्यसपछि अगाडि बढ्ने कार्कीले बताए । नेपालका विभिन्न जिल्लाका साथै भारतको उत्तरप्रदेशका हिन्दु धर्मावलम्बी लामो यात्रा गरेर बोलबम धाम आउने गरेका छन् । श्रावणी मेला भर्न ठूलो संख्यामा भारतीय पर्यटकहरु आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चौधरीले बताए । पर्रोहा परमेश्वर बोलबम धामलाई स्वयंउत्पत्तिमान शिव ज्योतिर्लिङ्गका रुपमा मानिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर