दलको निणर्यविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा ओली समुहका बोहरालाई स्पष्टिकरण — OSNepal

दलको निणर्यविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा ओली समुहका बोहरालाई स्पष्टिकरण

LC (KTM) May 30, 2021 0

काठमाडौँ १६ जेठ दलको निणर्यविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा नेकपा एमालेको सुदूरपश्चिम कमिटीले ओली सुमहका पूर्वमन्त्री पठानसिंह बोहरालाई एमाले नै स्पष्टीकरण मागेको छ ।एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले गुटबन्दी गरेको भन्दै सांसद बोहरा स्पष्टीकरण सोधका हुन् ।

आज साँझ ५ बजे सम्मको समय दिई स्पष्टिकरण सोधिएको पत्रमा उल्लेख गरिएको छ । स्पष्टिकरण सोधेको पत्रमा भनिएको छ , स्वयं आफै उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको साथै निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेको जनाइएको छ ।

पत्र मार्फत सहि जवाफ नआए संसदीय दलको विधान बमोजिम कारवाही गर्ने चेतावी समेत दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर