बलिउड चर्चित अभिनेता परेश रावलको आज जन्मदिन — OSNepal

बलिउड चर्चित अभिनेता परेश रावलको आज जन्मदिन

LC (KTM) May 30, 2021 0

काठमाडौँ । आज बलिउड चर्चित अभिनेता परेश रावलको जन्मदिन परेको छ । आजबाट उनी ७० वर्षमा लागेका छन् । सन्जु, मेड इन चाइना, हाउसफुल ४, टाइगर जिन्दा हे, रेडी, पा लगायतका दर्जनौँ हिट चलचित्रमा अभिनय गरेका परेसलाई बिहानैदेखि आफन्त, शुभचिन्तक र फ्यानहरुले शुभकामनाको ओइरो लगाइरहेका छन् ।

भारतीय जनता पार्टीका तर्फबाट सांसद समेत रहेका अभिनेता रावल एक कुशल नेताका रुपमा परिचित छन् । १९७९ मा मिस इण्डिया भइसकेकी सुन्दरी स्वरुप सम्पतसँग विबाह गरेका रावलले विबाहपछि आफ्नो अभिनय सुरु गरेका हुन् । आदित्य र अनिरुद्ध दुई छोराका बाबु समेत रहेका परेशलाई हाम्रो पनि जन्मदिनको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर