स्पेनिस टेनिस स्टार राफायल नाडाललाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । २० औ पटकको ग्रान्डस्लाम विजेता नाडालले आज सामाजिक संजालबाट आफुलाई कोभिड १९ को संक्रमण भएको पुष्टि भएको छ ।
आबुधाबीमा आयोजना भएको मुबाडाला विश्व टेनिस च्याम्पियनसिपमा सहभागिता जनाएर घर फर्किएका नाडाललाई कोरोनाको संक्रमण देखिएको हो ।
च्याम्पियनसिपको सेमिफाइनलमा नाडाल बेलायती खेलाडी एन्डी मुर्रेसँग पराजित भएका थिए । कोभिडको संक्रमण देखिएपछि ३५ वर्षीय नाडाल सेल्फ आईसोलेसनमा बसेका छन् ।