जसपाका अध्यक्ष यादवलाई पार्टीको आन्तरिक विधान २०७७ बमोजिम निष्कासन गरि कारबाही ! — OSNepal

जसपाका अध्यक्ष यादवलाई पार्टीको आन्तरिक विधान २०७७ बमोजिम निष्कासन गरि कारबाही !

LC (KTM) May 30, 2021 0

काठमाडौँ १६ जेठ । स्पष्टिकरणको फन्कोमा फेरि एकपटक जनता समाजवादी पार्टी परेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले फेरि एक पटक अर्का अध्यक्ष उपेन्द्रलाई स्पष्टिकरण सोधका छन् । पहिलो स्पष्टिकरणको जवाफ नआएपछि २४ घण्टाको समय दिएर दोस्रो पटक पुन स्पष्टिकरण सोधिएको हो ।

यदि यो पटक पनि चित्त बुझ्दो जवाफ नआए अध्यक्ष यादवलाई राजनीतिक दल सम्बन्धी एने, २०७३ र जनता समाजवादी पार्टीको आन्तरिक विधान २०७७ बमोजिम निष्कासन गरि कारबाही गर्ने चेतावनी दिइएको छ ।हिजो शनिबार एक विज्ञप्ती जारी गर्दै ठाकुरले यसको जानकारी गराएका हुन् । उक्त विज्ञप्तीमा पार्टी विधान तथा राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा १८ ९१०, ९२०, ९३० र पार्टी विधानक विपरित काम अध्यक्ष यादवले गरेको उल्लेख गरिएको छ ।

त्यस्तै, यादवले पनि दोस्रो पटक अध्यक्ष ठाकुर र अर्का नेता राजेन्द्र महतोलाई स्पष्टिकरण सोधेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर