थप २२० जनामा संक्रमण पुष्टि हुँदा २६३ जना निको — OSNepal

थप २२० जनामा संक्रमण पुष्टि हुँदा २६३ जना निको

LC (KTM) December 20, 2021 0

काठमाडौं ५ पौष । नेपालमा पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आज सम्म कोरोना संक्रमितको संख्या ९ लाख २१ हजार ९३७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २१८ जना र १ हजार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २२० मा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २६३ जना निको भएका छन् । २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित मध्ये २६१ जना संस्थागत आइसोलेसनमा उपचार गराइरहेका छन् । २७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर