हाम्रो पार्टीमा युवाहरुको उपस्थिति देखेर अन्य पार्टीमा तरंग पैदा भएको छ : सहमहामन्त्री जीवन परियार — OSNepal

हाम्रो पार्टीमा युवाहरुको उपस्थिति देखेर अन्य पार्टीमा तरंग पैदा भएको छ : सहमहामन्त्री जीवन परियार

LC (KTM) December 20, 2021 0

काठमाडौं ५ पौष । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीमा नयाँ पुस्ताको बाहुल्यता रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले पार्टीमा नयाँ पुस्ताको नयाँ बाहुल्यता बढेको भन्दै हिले पार्टीमा पुस्तान्तरणको युग सुरु भएको बताएका हुन् ।

पार्टीको १४ औं महाधिवेशनमा भएको पदाधिकारीमा युवाहरुको उपस्थिति देखेर अन्य पार्टीमा पनि तरंग पैदा भएको बताएका उनले भनेका छन्, ‘हाम्रो उपस्थिति देखेर अन्य पार्टीमा तरंग आएको छ, अघिल्लो पुस्ताको अनुभव र हाम्रो पुस्ताको क्रियाशिलताले गर्दा आज पार्टीमा युवाहरुको यो उपस्थिति भएको हो ।’

कार्यक्रममा उनले एमसीसीको विषयमा आफ्नो पार्टीमा एकै खालको दृष्टिकोण भएको बताउँदै यस विषयमा सिंगो नेपालको एजेण्डा भएकाले बहस र छलफल सुरु गर्नुपर्ने बताएका छन् ।

‘सबै दलले छलफल गरेर अघि बढ्नुपर्छ । सम्झौताको बुँदा बुँदामा सामूहिक रुपमा छलफल गर्नुपर्छ । मेरो विचारमा त्यसरी छलफल गरेर निश्कर्ष निकालेपछि पारित गर्दा उपयुक्त हुन्छ । तर, सहमतिबिना बलजफ्ती पास गर्दा यसले मुलुकको लागि राम्रो गर्दैन् ।’ कार्यक्रममा उनले भने ।

कार्यक्रम मार्फत उनले आफुलाई मतदान गर्नेहरु प्रति हृदयदेखि नै धन्यवाद दिन चाहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर