कोरोना सङ्क्रमित गाँउगाँउमा लखर लखर डुल्दै हिडेपछि घरमै बस्न आग्रह गर्दै जनप्रतिनिधि — OSNepal

कोरोना सङ्क्रमित गाँउगाँउमा लखर लखर डुल्दै हिडेपछि घरमै बस्न आग्रह गर्दै जनप्रतिनिधि

LC (KTM) May 30, 2021 0

वाग्मती, १६ जेठ- हेटौँडाका विभिन्न क्षेत्रमा होमआइसोलेशनमा बस्दै आएका कोभिड–१९ सङ्क्रमित घरबाहिर निस्कने गरेको जनगुनासो बढेपछि जनप्रतिनिधिले टोलटोलमा पुगेर सङ्क्रमितलाई घरमै बस्नका लागि आग्रह गर्दै आएका छन् । सङ्क्रमित पूर्णरूपमा होमआइसोलेशनमा नबसी घरबाहिर निस्कने, बजार सामान खरिदका लागि आउने, व्यापार गर्नेजस्ता गुनासो आएपछि स्थानीय प्रशासन र जनप्रतिनिधि टोलटोलमा पुगेर सङ्क्रमितलाई घरमै बस्नका लागि आग्रह गर्दै आएका हुन् ।

कोभिड–१९ का बिरामी बाहिर निस्कँदा झन् कोभिड सङ्क्रमण बढ्दै जाने अवस्थालाई मध्यनजर गर्दै प्रत्येक टोलटोलमा पुगी सङ्क्रमितलाई घरमै बस्न आग्रह गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताउनुभयो । हेटौँडा उपमहानगरपालिकामा सङ्क्रमित धेरै छन् । हेटौँडाका हरेक टोलटोलमा कोरोना सङ्क्रमित बढेका छन् ।

पछिल्लोपटक हेटौँडाको वडा नं ४, ५, ९ र ११ का टोलटोलमा पुगेर सङ्क्रमितसहित स्थानीय बासिन्दालाई घरमै बस्न आग्रह गरिएको हो । कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा गरे पनि हेटौँडाका टोलटोलमा र गाउँस्तरमा भने सङ्क्रमित धेरै रहेकाले चेतना जगाउन पनि अनुगमन गरिएको प्रमुख महतले बताउनुभयो । स्थानीयस्तरमा टोल विकास संस्थालाई सक्रिय गराएर सङ्क्रमितलाई घरबाहिर ननिस्कनका लागि आग्रहसमेत गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर