प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार, दुई जना प्रही घाइते, स्थिति नियन्त्रण गर्न ३ राउन्ड अश्रुग्यास प्रहार — OSNepal

प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार, दुई जना प्रही घाइते, स्थिति नियन्त्रण गर्न ३ राउन्ड अश्रुग्यास प्रहार

LC (KTM) December 20, 2021 0

काठमाडौं ५ पौष । गएराति टिपरको ठक्करबाट नेकपा माओवादीका एक नेताको ज्यान गएपछि आक्रोशित स्थानीय नेता कार्यकर्ताले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् ।

गएराति गुगल निर्माण सेवाको ना ८ ख ४२०२ नम्बरको टिपरले फतुवा विजयपुर ११ हिमालिबासमा नेता खेदु चौधरी सवार बा ३०प ८११५ नम्बरको मोटरसाइकलामा ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको हो ।

घटना पछि आक्रोशित स्थानीयले उक्त निमार्ण सेवाको दुई वटा टिपरमा तोडफोड गर्नुका साथै पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि शव पठाउनु पर्नेमा दोषीलाई बचाउन खोजेको भन्दै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको आरोप लगाएका छन् ।

मृतक खेदु चौधरी फतुवा विजयपुर ९ का माओवादी वडा कमिटी सदस्य रहेको बताइएको छ । ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख तथा प्रहरी निरीक्षक विष्णु विश्वकर्माले दोषीलाई बचाउन खोजेको भन्दै प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि

प्रहरी निरीक्षक विश्वकर्मामाति लगाइएको आरोप झुटो भएको बताएका छन् । प्रर्दशनकारीको ढुङ्गामुढा प्रहारबाट दुई जना प्रहरी घाइते भएपछि स्थितिलाई नियन्त्रण गर्न ३ राउन्ड अश्रुग्यास प्रहार गरेको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर