आफूभन्दा २३ वर्ष कान्छी प्रेमिकासँग गुपचुप विवाह गरे बेलायतका ५६ वर्षीय प्रधानमन्त्री जोन्सनले — OSNepal

आफूभन्दा २३ वर्ष कान्छी प्रेमिकासँग गुपचुप विवाह गरे बेलायतका ५६ वर्षीय प्रधानमन्त्री जोन्सनले

LC (KTM) May 30, 2021 0

काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गुपचुप विवाह गरेका छन्। ५६ वर्षीय प्रधानमन्त्री जोन्सनले शनिबार एकदमै थोरै मानिसहरूलाई बोलाएर ३३ वर्षीया प्रेमिका क्यारी सिमोन्ड्ससँग बिाबह गरेको बताइएको छ ।बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि जारी भएको मापदण्डमा विवाहमा ३० जना मानिसमात्र सहभागी भएको बताइएको छ ।

विवाह समारोहमा सहभागीहरूले सामाजिक सञ्जालमा नयाँ दम्पतीलाई शुभकामना दिएपछि जोन्सनले विवाह गरेको कुरा बाहिर आएको हो । प्रधानमन्त्री कार्यालयकै धेरै मानिसलाई उनको बिहे हुने कुरा थाहा नदिएको बताइएको छ । जोन्सनको यस अघि दुई वटा बिहे सम्बन्ध बिच्छेदमा परिणत भएका थिए । ।गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन्।

बिहेमा साइमन्डस सेतो पोशाकमा आएको बीबीसीको समाचारमा उल्लेख गरिएको छ ।काम तथा निवृतिभरण मन्त्री टेरेसे कफीको ट्वीटमा प्रधानमन्त्री जनसन र क्यारी साइमन्ड्सलाई उनीहरूको बिहेको शुभकामना दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर