काठमाडौं ५ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुँदै गएको टिप्प्णी गरेका छन् ।
नेता थापाले समाजिक सञ्जाल मार्फत एमसीसी विवाद यसको पछिल्लो उदारण भएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
शितयुद्ध चरमोत्कर्षमा रहेको बेला दुवै महाशक्ति राष्ट्रहरू अमेरिका र सोभियत संघबाट सहयोग लिएर देश बिकास गर्ने राजा महेन्द्रको कुटनीतिक कौशल, दूरदर्शिता र साहसबाट पाठ सिकौंउनले भनेका छन् ।
उनले भनेका छन् ,’नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुँदै छ।MCC विवाद त्यसको पछिल्लो उदाहरण हो।’
‘शितयुद्ध चरमोत्कर्षमा रहेको बेला दुवै महाशक्ति राष्ट्रहरू अमेरिका र सोभियत संघबाट सहयोग लिएर देश बिकास गर्ने राजा महेन्द्रको कुटनीतिक कौशल, दूरदर्शिता र साहसबाट पाठ सिकौं’