नेपालगन्जबाट भारतीय नागरिक सहित ३ जना लागू औषध ब्राउन सुगरसहित पक्राउ — OSNepal

नेपालगन्जबाट भारतीय नागरिक सहित ३ जना लागू औषध ब्राउन सुगरसहित पक्राउ

LC (KTM) December 20, 2021 0

नेपालगन्ज । बाँके प्रहरीले लागू औषध ब्राउन सुगरसहित नेपालगन्जबाट ३ जनालाई पक्राउ गरेको छ । दुई नेपाली नागरिक र एक भारतीय नागरिकलाई ९ ग्राम लागूऔषध ब्राउन सुगरसहित

वडा प्रहरी कार्यालय नेपालगन्ज र लागू औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले प्राप्त गरेको सुचनाको आधारमा आइतबार राती नेपालगन्ज उपमहानगरपालिका-१० गणेशमान चोक नजिकबाट लागू औषध ब्राउन सुगरसहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका – ८ बस्ने २५ वर्षीय आदित्य कुमार लखेर, ३० वर्षीय रोहित कुमार श्रीवास्तब र भारतको जिल्ला बहाराईच गंगापुर बस्ने २२ वर्षीय तिलक राम कुर्मीलाई ९ ग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।पक्राउ परेका तीनै जनामाथी थप अनुसन्धान भइरहेको पनि प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर