सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा एक दलित परिवारी युवतीको विचल्ली भएको छ । वाड़ नः ७ दुलबाका स्थानिय किसनुदेव रायका छोरा सिवा राय यादबले सोहि गाउँपालिकाको मुसहर समुदायका युवतीलाई बिहे गर्छु भन्दै गएको वैशाख ५ मा गाउँबाट भगाए ।करिब २० दिन बाराको जितपुरमा युवा युवति युवा युवती संगै बसे । पीडित युवतीका अनुसार उनीहरुविच सहमतिमै शाररीक सम्पर्क भयो । ‘मलाई अब हामी विवाह गर्नुपर्छ भन्दै सिवाले भगाएका थिए । संगै बस्दा शारीरिक सम्पर्क पनि भयो ।’ युवतिले भनिन् ।
२० दिन पछि सिवाकै सल्लाहमा राति ३ बजे गाउँ फर्के । गाउँ फर्केपछि सिवाले भने ‘तिमी मुसहर जातीको म यादव हाम्रो विवाह गर्न मिल्दै तिमी आफ्नै घर जाउ ।’ राजधानि दैनिकमा खबर छ । त्यसपछि युवति आफनै घर गइन् तर, आमा बुबाले स्वीकार गरेनन् । आमा बुवाले अस्विकार गरेपछि सिवाको घर गइन् । सिवाको परिवारले मुसहर जातीको दलित युवती भएको भन्दै घरभित्र पस्न दिएन । दाउरा राख्ने गोठमा बन्धक बनाएर राखे ।
त्यति मात्रै हैन युवतिलाई गोठमा राखेर सिवाले गाउँ छाडे । अहिले पिडित युवतीलाई गोठमै राखेर यातना दिइरहेको दलित अगुवा महेश पासवानले बताए ।दलित अगुवा तथा मानव अधिकारकर्मी राजेश पासवानले जातिय विभेद दण्डनिय अपराध भएको बताए । ‘मुसहर जाती युवतिसंग यौन सम्पर्क गर्न हुने घरभित्र राख्न नहुने यस्तो पनि हुन्छ ?’ राजेशले भने ।
राजेशले स्थानिय सरकार तथा प्रहरी प्रशासनलाई दोषिलाई कडा कर्वाहीको माग समेत गरेका छन् । यस्तो ज्यादती हुँदा पनि स्थनीय सरकारले कुनै सहयोग नगर्नु दुःखद भएको अर्का मानवअधिकारकर्मी मुकेश मिश्राले बताए ।पीडित युवतीले प्रहरीमा जाहेरी दिए कानुन अनुसार युवकलाई कार्वाही गर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मदन कुवँरले बताए ।