एसि मिलानलाई पराजित गर्दै नापोली शीर्ष दुईमा — OSNepal

एसि मिलानलाई पराजित गर्दै नापोली शीर्ष दुईमा

LC (KTM) December 20, 2021 0

काठमाडौं, ५ पुस – इटालीयन सिरि ए फुटबलमा एसि मिलानलाई पराजित गर्दै नापोली शीर्ष दुईमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान सान सिरोमा मिलन नापोलीसँग १-० अन्तरले पराजित भएको हो । नापोलीको जितमा पाँचौ मिनेटमा इलिफ इल्मासले निर्णायक गोल गरे ।

बाँकी समय दुबै टोलीले गोलका केहि अवसर शृजना गरेपनि सदूपयोग गर्न सकेनन् । जितसँगै नापोली लिगको दोस्रो स्थानमा उक्लिएको छ । एसी मिलानसँग ३९ अंकको बराबरी भएपनि हेट टु हेडमा अघि रहेको हो । दुवै टिम शीर्ष स्थानको इन्टर मिलानभन्दा चार अंकले पछि छन् ।

इंग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुल रोकिए : उपाधि दाबेदारीमा म्यानचेष्टर सिटीसँगै दौडमा रहेका चेल्सी र लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएका छन् । चेल्सी उल्भ्ससँग गोलरहित बराबरीमा रोकियो । उल्भ्सको घरेलु मैदान मोलिनेउक्समा भएको खेलमा चेल्सी अंक बाँड्न बाध्य भएको हो । बल पोसेसनमा पकड बनाएपनि चेल्सी अग्रपंक्तिमा चुकेको थियो ।

राति नै भएको खेलमा १० खेलाडीमा सीमित लिभरपुल टोटनहमसँग रोमाञ्चक बराबरीमा रोकियो । निकै नै प्रतिस्पर्धात्मक खेल २–२ गोल अन्तरमा सकिएको थियो । लण्डनमा भएको खेलमा टोटनहमले सुरुआती अग्रता बनायो । टोटनहमका फरवार्ड ह्यारी केन र हङ मिन सनले १-१ गोल गरे । लिभरपुलका लागि डियगो जोटा र आन्द्रे रोबर्टसनले १-१ गोल गरे ।

खेलको १३औँ मिनेटमा केनले गोल गर्दे घरेलु टोलीलाई अग्रता दिलाए । ३५औँ मिनेटमा डिअगोले लिभपुरलाई बराबरीमा ल्याए भने ६९औँ मिनेटमा रोबर्टसनले भ्रमणकारी टोली लिभरपुललाई २-१ को स्थितिमा ल्याए । हार उन्मुख रहेको टोटनहमका लागि सनले ७४औँ मिनेटमा गोल गर्दे २-१ को बराबरीमा ल्याए ।

बराबरीसँग लिभरपुल उपाधि दौडमा ३ अंकले पछि परेको छ । आइतबार राति भएको खेलमा सिटीले घरेलु टोली न्युक्यासललाई ४-० अन्तरले पराजित गर्‍याे । जेम्स पार्कमा भ्रमणकारी टोली सिटीलाई जिताउँन रुवेन डियस, जोआओ कनसेलो, रियाद माहरेज र रहीम स्टर्लिङले १-१ गोल गरे ।

जितसँगै सिटीले शीर्षस्थानको उपाधि दौडमा रहेका लिभरपुल र चेल्सीसँग ३ अंकको अग्रता बनाएको छ । १८ खेल सकिँदा सिटीले ४४ अंक बनाएको छ भने लिभरपुल ४१ र चेल्सी ३८ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर