पहिलो चरण​मा चार लाख मतदाता थपिए, दोस्रो चरणको नामावली सङ्कलन हुँदै — OSNepal

पहिलो चरण​मा चार लाख मतदाता थपिए, दोस्रो चरणको नामावली सङ्कलन हुँदै

LC (KTM) December 20, 2021 0

निर्वाचन आयोगमा पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाख नागरिक थपिएका छन् । निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरिबाट चार लाख सात हजारको नामावली दर्ता भएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पहिलो चरणमा ३१९ पालिकामा मतदाता नामावली दर्ता सकिएको छ ।

हिमाली जिल्लाको बाँकी रहेको पालिकामा मङ्सिर २९ गतेबाट नै दोस्रो चरणको नामावली दर्ता सुरु भइसकेको छ । हिमाली जिल्लाका पालिकाहरूमा पुस ९ गते नामावली दर्ताको विशेष अभियान सकिने छ । मङ्सिर १७ गतेदेखि निर्वाचन आयोगले देशैभरिको पालिकामा पुगेर मतदाता नामावली दर्ता विशेष अभियान सञ्चालन गरेको थियो । पहिलो चरणमा हिमाली जिल्लामा मङ्सिर १७ गते सुरु भई २७ गतेसम्म नामावली दर्ता भएको थियो ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

दोस्रो चरणमा हाल ३१८ पालिकामा मतदाता नामावली दर्ता कार्यक्रम भइरहेको निर्वाचन आयोगले जनाएको छ । तराई मधेसका अधिकांश पालिकाले भने म्याद थप्न आग्रह गरेका छन् । आयोगका प्रवक्ता पौडेलले विशेष अभियान अतिरिक्त इलाका प्रशासन, जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा चुनावको घोषणा नभएसम्म मतदाता नामावली दर्ता कार्यक्रम जारी नै रहने भएकाले छुटेका उम्मेदवारलाई पायक पर्ने स्थानमा गएर दर्ता गराउन आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर