कांग्रेस केन्द्रीय सदस्यमा गुण्डा नाइकेदेखि ठेकेदारसम्मले जित्दा हारे वौद्धिक नेता — OSNepal

कांग्रेस केन्द्रीय सदस्यमा गुण्डा नाइकेदेखि ठेकेदारसम्मले जित्दा हारे वौद्धिक नेता

LC (KTM) December 19, 2021 0

काठमाडौं, ४ पुस – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा ठेकेदारदेखि गुण्डा नाइकेसम्म विजयी भएका छन् ।

आइतबार राति सम्पन्न खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादु देउवापक्षको वर्चश्व रहेको छ । ३५ जना चयन गर्नका लागि भएको मतगणनामा ९९ जना उम्मेदवार रहेका थिए । त्यसमध्ये ९ जना मात्र शेखर कोइराला पक्षकाले जितेका छन् ।

३५ जनामा देउवापक्षबाट निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेको ठेकेदार जीपछिरिङ लामा निर्वाचित भएका छन् भने गुन्डा नाइके गणेश लामा निर्वाचित भएका हुन् । लामा विजयकुमार गच्छदार निकट हुन् । गच्छदार भने उपसभापतिमा दुई मतले पराजित भएका थिए ।

प्रा.डा तीर्थराज खनिया, डा सुरेशचन्द्र चालिसे, शंकर तिवारी लगायतका वौद्धिक नेता केन्द्रीय सदस्यमा पराजित हुँदा लामा विजयी भएका हुन् ।

यी हुन शेखर पक्षबाट बिजयी केन्द्रीय सदस्य : नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । जस अनुसार सभापति शेरबहादुर देउवा पक्षले बर्चश्व कायम राखेको छ । आइतबार साँझ सकिएको मगणनामा शेखर कोइराला पक्षबाट ९ जना विजयी भएका छन् ।

जसमा शशाङ्क कोइराला, अर्जुन नरसिंह केसी ,डा राम शरण महत, बल बहादुर केसी, दीपक गिरी, डा गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी रहेका छन् । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा ९९ जना उम्मेदवार रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर