काठमाडौं ४ पौष । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहि बेर अगाडी सुरु भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएको छ ।
सत्तागठवन्धनको बैठक सकिएलगत्तै बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीको सहभागी रहेको छ ।
बैठकमा संसदको अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल हुने बताइएका
बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले भने यथास्थितिमा एमसीसी पास गर्न नहुने भन्दै आएका छन् ।