तनहुँमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु — OSNepal

तनहुँमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

LC (KTM) December 19, 2021 0

दमौली, ४ पुस -पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ना ७ ख ६४०७ नम्बरको बसले ग १९ प ८५६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका लामाको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिनुभयो । बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर