मध्यपहाडी लोममार्ग शुक्रबारदेखि अवरुद्ध, अझै दुई दिन बन्द नखुल्ने — OSNepal

मध्यपहाडी लोममार्ग शुक्रबारदेखि अवरुद्ध, अझै दुई दिन बन्द नखुल्ने

LC (KTM) December 19, 2021 0

सुर्खेत, ४ पुस – मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि अवरुद्ध भएकाे छ । लोकमार्गकाे रुकुमपश्चिम सानीभेरी गाउँपालिकास्थित चाइनाबगर नजिकै पहिरो झरेपछि अवरुद्ध भएको हो ।

सडक कालोपत्रेका लागि कटिङ गर्ने क्रममा पहिरो झरेको थियो । पहिरो पन्छाउने काम ढिलो भएका कारणले लोकमार्ग अवरुद्ध रहेको छ । पहिरो झरेगलत्तै हटाउन प्रयास भइरहेको छ । तर, पहिरो धेरै ठूलाे भएकाले काम ढिला भएको हाे ।

मंगलबारसम्म सडक सुचारु हुने अनुमान गरिएको सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए । ‘दुई वडाकाे डोजरले सडकमा झरेको पहिरो हटाउने प्रयास भइरहेको छ ।’ उनले भने, ‘अझै पहिरो खुलाउनका दुई दिन जति लाग्छ ।’ लोकमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर