टोखामा मतदाता नामावली सङ्कलन कार्य सुरु — OSNepal

टोखामा मतदाता नामावली सङ्कलन कार्य सुरु

LC (KTM) December 19, 2021 0

काठमाडौँ, ४ पुस -टोखा नगरपालिकामा मतदाता नामावली कार्य सुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकामा आगामी स्थानीय, प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर राख्दै मतदाता नामावली कार्य सुरु गरिएको हो । आजदेखि सुरु भएको मतदाता नामावली सङ्कलन कार्य यही पुस १८ गतेसम्म चल्नेछ ।

नगरपालिकाका प्रमुख शिक्षा अधिकृत बाबुराम गौतमले नगरपालिकाभित्रका नागरिकता लिएका व्यक्तिलाई लक्षित गरेर मतदाता नामावली सङ्कलन कार्य सुरु गरिएको जानकारी दिनुभयो । “टोखामा स्थायी ठेगाना भएका र बसाइसराइ गरेर यहाँ आएका व्यक्तिलाई नागरिकता हेरेर मतदाता नामावलीमा समेट्छौँ”, उहाँले भन्नुभयो । नगरपालिकाको कार्यालयमा मात्र मतदाता नामावली सङ्कलन गर्ने जनाइएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर