घाँटी रेटेर टाउको छिनालेको अवस्थामा एक युवकको शव फेला, घाँटी रेट्ने अपराधीको गोप्य अडियो सार्वजनिक — OSNepal

घाँटी रेटेर टाउको छिनालेको अवस्थामा एक युवकको शव फेला, घाँटी रेट्ने अपराधीको गोप्य अडियो सार्वजनिक

LC (KTM) December 19, 2021 0

काठमाडौं ४ पौष । एक युवकको शव घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेको छ । कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको घाँटी काटेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

विहानै साथीसंग जान्छु भनेर निस्केका दासका शव वडा नम्बर ९ कै अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छुट्टीएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले दासलाई रुखमा बाँधेर नग्न बनाएर घाँटी रेटर हत्या गरेको हुन सक्ने जनाएको छ ।

घटनास्थलमा तालिम प्राप्त कुुकरसहित जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली परिचालित भएको छ । घटना स्थलबाट एक जना मनोज भन्ने
व्यक्तिले आफ्नो एक साथीलाई टेलिफोन गरी अरुणको हत्या गरी आफुहरु बैंङलुरु जान लागेको र रुपेडिया बोर्डर पुगेको अडियो रेकर्ड बरामत भएको छ ।

उक्त टेलिफोनमा वार्तामा ‘बक्स’ का विषयमा कुरा भइरहेको छ । प्रहरीले दिएको जनाकारी अनुसार ‘बक्स’ भनेको लागुऔधष हुने सक्ने भएको छ । प्रहरीको प्रारम्भिक अनुशन्धान अनुसार उक्त समुह र मृतकबिच लागुऔषधको विषयमा सम्बन्धन भएको देखाएको छ ।

 केहि दिन अगाडी  मात्र   टीकापुरका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या  भएको  थियो  ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर