चलचित्र ‘मैदान’को सेट तुफानका कारण ध्वस्त,३० करोड भन्दा बढीको क्षति भएपछि तनाबमा अजय — OSNepal

चलचित्र ‘मैदान’को सेट तुफानका कारण ध्वस्त,३० करोड भन्दा बढीको क्षति भएपछि तनाबमा अजय

LC (KTM) May 30, 2021 0

मुम्बई । भारतमा आएको चक्रवाती तुफान ‘ताउ ते’ ले ठूलो क्षति भएको छ । महाराष्ट्रमा ‘ताउ ते’ ले निकै प्रभाव पारेको छ । यसका कारण बलिउडमा ठूलो क्षति पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसैबीच बलिउड अभिनेता अजय देवगणको प्रमुख भूमिका रहेको चलचित्र ‘मैदान’ को सेट तुफानका कारण ध्वस्त भएको छ । यसले ३० करोडभन्दा बढीको क्षति पु¥याएको जनाइएको छ । निर्माता बोनी कपुरले यो सेट तयार गर्दा ३० करोडभन्दा बढी लागत लागिसकेको र काम अझै नसकिएको बताएका छन् ।

निर्माता बोनीले भने, ‘सेट पूर्ण रुपमा नै ध्वस्त भएको छ । अब, हामीले तेस्रो पटक यो चलचित्रको लागि सेट बनाउनुपर्नेछ । पहिलो पटक लकडाउन भएपछि हामीले तयार भएको सेट तोड्नुपरेको थियो । यदि, लकडाउन नभएको भए यतिबेलासम्म चलचित्रको छायांकन सकिन्थ्यो । तुफानका कारण पिचको छोडेर सेट सबै खराब भएको छ ।’ सेट बचाउनका लागि चलचित्रको निर्माण टिमले निकै कोशिस गरेको थियो ।सौर्य दैनिकमा खबर छ । तर, सेट पूर्ण रुपमा ध्वस्त हुँदा निर्माताले ठूलो नोक्सानी व्यहोर्नुपरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । यो सेटमा अभिनेता अजयले थुप्रै दृश्य छायांकन गर्ने तयारी गरेका थिए । ‘ताउ ते’ तुफान आएको समयमा सो सेटमा ४० जना मानिस उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर