वाग्मतीमा स्वच्छ पानी बगाउन सुन्दरीजलमा नागमती बाँध निर्माण गरिने — OSNepal

वाग्मतीमा स्वच्छ पानी बगाउन सुन्दरीजलमा नागमती बाँध निर्माण गरिने

LC (KTM) May 30, 2021 0

काठमाडौँ, १६ जेठ – वाग्मतीको उद्गमस्थलको जलाधार संरक्षण तथा जलप्रवाहमा सुधार गर्न सुन्दरीजलमा नागमती बाँध निर्माण गरिने भएको छ । यसअघि हिउँदमा पनि वाग्मती जलप्रवाह बढाएर नदीलाई स्वच्छ बनाउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको धाप भन्ने स्थलमा बाँध निर्माण अन्तिम चरणमा पुगेको छ । नागमती बाँध पनि तयार भएपछि नदीमा स्वच्छ पानी बगाउन सकिने विश्वास गरिएको छ ।

यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार जारी गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ । काठमाडौँ उपत्यकाका वाग्मती, रुद्रमती, विष्णुमतीलगायतका नदी सफा बनाउका लागि रु तीन अर्ब ४७ करोड बजेट विनियोजन भएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर