भारतको गोवामा जारी कफ्र्युको समय लम्ब्याईयो — OSNepal

भारतको गोवामा जारी कफ्र्युको समय लम्ब्याईयो

LC (KTM) May 30, 2021 0

गोवा, भारत १५ जेठ- भारतको गोवा राज्यमा सरकारले हाल जारी कफ्र्युलाई लम्ब्याएको छ । हाल गोवा राज्यका जारी रहेको कफ्र्युलाई आगामी जुन ७ तारिखसम्म लम्ब्याइएको गोवा सरकारले शनिबार जानकारी दिएको छ ।

यस निशेषआज्ञा सन् २०२१ को जुन ७ तारिखको बिहान ७ बजेसम्म जारी रहने सरकारी अधिकारीहरुले बताएका छन् । गोवा राज्यमा हालसम्म कोरोना भाइरसका १५ हजार ३२६ जना सक्रिय संक्रमित रहेका छन् । यस राज्यमा कोरोना शुरु भएयता हालसम्म १ लाख ३५ हजार ५६० जना कोरोना मुक्त भएका छन् । यस प्रकोपबाट २ .हजार ५७० जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेकोसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७५ लाख ५५ हजार ४५७ पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । भारतमा हालसम्म कोरोनाबाट देशभर ३ लाख २२ हजार ५१२ जनाले ज्यान गुमाएका छन् । (रासस ÷ एएनआइ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर