नेपाल समुहलाई भट्टराई भने, खास-खास विषयमा गम्भीर रूपमा जारी हुने ह्वीप उल्लङ्‍घन गर्नेलाई कारवाही हुन्छ — OSNepal

नेपाल समुहलाई भट्टराई भने, खास-खास विषयमा गम्भीर रूपमा जारी हुने ह्वीप उल्लङ्‍घन गर्नेलाई कारवाही हुन्छ

LC (KTM) May 10, 2021 0

काठमाडौं २७ बैशाख । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीले आज संसदमा लिने विश्वासको मतमा वरिष्ठ माधव नेपाल समुह उपस्थित हुने आफु विश्वस्त रहेको बताएका छन् । उनले पार्टीले आफ्नो सम्पुर्ण सांसदहरुलाई ह्रिप नारी गरेकोले नेपाल समुहका सबै सांसद संसदमा उपस्थित भएर ओलीको पक्षमा मतदान गर्ने मा विश्वास रहेको बताएका हुन् ।

यदि संसदको ह्रिप उल्लघन गरेमा क्षम्य नहुने बताएका सचेतक भट्टराईले पार्टीको ह्रिप उल्लघंन गर्नेलाई कारवाही गर्ने जनाएका छन् । संसदीय व्यवस्थामा ह्वीप उल्लङ्‍घन गर्नु गम्भीर अपराध भएकाले खास(खास विषयमा गम्भीर रूपमा जारी हुने भएकाले ह्वीप उल्लङ्‍घन गर्नेलाई क्षम्य नहुने बताएका हुन् ।

केहि बेर अगाडी मात्र नेपाल समुहले संसदमा उपस्थित नहुने निणर्य गरेको छ । यदि नेपाल समुह उपस्थित नभए पार्टीले थप कारवाही गर्ने पनि भट्टराईले बताएका छन् । हिजो आइतबार भट्टराईले आफ्ना पार्टीका सांसदहरुलाई ह्रिप जारी गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर