मध्यरातमा रोकियो कांग्रेस केन्द्रिय सदस्यको मत गणना , अहिले सम्म शंशाकको सर्वाधिक मत , अरु नेताले ल्याए यस्तो नतिजा — OSNepal

मध्यरातमा रोकियो कांग्रेस केन्द्रिय सदस्यको मत गणना , अहिले सम्म शंशाकको सर्वाधिक मत , अरु नेताले ल्याए यस्तो नतिजा

LC (KTM) December 18, 2021 0

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत खुला केन्द्रीय सदस्यतर्फको मतगणना भोली सम्मका लागि स्थगित गरिएको छ । सानेपामा भएको मत गणना जम्मा खसेको मतको करिब आधा अर्थात् २३९३ मत गनेर सकेपछि भोली सम्मका लागि स्थगित गरिएको छ । भोली बिहान ९ बजे देखि फेरी मतगणना सुचारु हुने बताईएको छ।

खुलातर्फ ३५ जना केन्द्रीय सदस्यमा चुन्न भएको प्रतिस्पर्धामा ९९ जना सहभागी छन्। यसअन्तर्गत आज अन्तिम समय सम्मको मत परिणाममा शशांक कोइराला सार्वधिक मत सहित पहिलो नम्बरमा र एनपी साउद दोस्रो नम्बरमा रहेका छन्। शशांकले सबैभन्दा धेरै १९७१ मत ल्याएका छन्। उनी शेरबहादुर देउवा र डा शेखर कोइराला दुवै प्यानलमा थिए।

त्यस्तै देउवानिकट एनपी साउदले पनि १५३८ मत ल्याउँदै दोस्रो नम्बरमा रहेका छन्। त्यस्तै गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणले १५०७ मत ल्याएका छन्। देउवानिकट अर्का नेता रमेश लेखकले १४५१ मत ल्याएका छन्। सञ्चारमन्त्री समेत रहेका देउवानिकट अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले १४२३ मत ल्याएका छन्। नेता शंकर भण्डारीले पनि १४३७ मत , रामहरि खतिवडाले १३९५ , उदय शमशेर जबरा १४४५ र अर्जुननरसिंह केसीले पनि १३८३ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर