काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११६ रुपैयाँ २१ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८३ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ८८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६१ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।