प्रदेश १ को मोरंग र झापा बाहेक अन्य जिल्लामा पछिल्लो २४ घण्टामा कसैलाई पनि देखिएन कोरोना — OSNepal

प्रदेश १ को मोरंग र झापा बाहेक अन्य जिल्लामा पछिल्लो २४ घण्टामा कसैलाई पनि देखिएन कोरोना

LC (KTM) December 18, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । मोरङमा १० र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अन्य जिल्लाहरुमा भने पछिल्लो २४ घण्टामा कसैमा पनि संक्रमण देखिएको छैन ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७, रंगेली, धनपालथान र बेलबारीमा १–१ र झापाको शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज २० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र १४ पुरुष रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ९५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर