एकाएक चलचित्रबाट किन हटाइए नायक कार्तिक — OSNepal

एकाएक चलचित्रबाट किन हटाइए नायक कार्तिक

LC (KTM) May 30, 2021 0

मुम्बई । बलिउड अभिनेता कार्तिक आर्यन एकपछि अर्को फिल्मबाट हटाइएका छन् । यसअघि फिल्म निर्माता निर्देशक करण जौहरसँगको विवादले उनी नयाँ फिल्म दोस्ताना–२ बाट हटाइएका थिए । साहरुख खानको कम्पनी रेड चिल्लीले नयाँ फिल्म फ्रेडीमा अभिनेता कार्तिकलाई मुख्य नायकमा अनुबन्धित गरेको थियो । मुम्बईमा लकडाउन खुलेपछि छायांकन सुरु गरिने भनिएको यो फिल्मबाट यतिबेला कार्तिकलाई हटाइएको छ ।

सो फिल्ममा उनको नायिकाका रूपमा कैटरिना कैफलाई लिइएको थियो । कैफ भने सो फिल्ममा छिन् । फिल्ममा चाँडै अर्को नायक लिइने भएको छ । फ्रेडीको निर्मातामा शाहरुख खान आफैं छन् । उनी करण जौहरका सबैभन्दा नजिकका साथी हुन् । त्यसैले पनि फिल्म फ्रेडीबाट अभिनेता कार्तिकलाई हटाइएको आरोप रेड चिल्लीलाई लागेको छ । यी नायकलाई अव्यावहारिक भन्दै फिल्मबाट हटाइएको रेड चिल्लीले जनाएको छ । यतिबेला यी अभिनेतालाई फिल्मको छायांकन सुरु नहुँदै हटाइएको छ ।

यो फिल्मका निर्देशक अजय बहलले कार्तिकसँग काम गर्न सक्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् । अभिनेता कार्तिकले बारम्बार यो फिल्मका स्क्रिप्ट परिवर्तन गर्नुपर्ने दबाब आफूलाई दिएको निर्देशक अजयको गुनासो छ ।राजधानि दैनिकमा खबर छ । कार्तिकले यो फिल्मबाट आफूलाई हटाइएपछि फिल्मबाट लिइएको २ करोड पेस्की फिर्ता गरेका छन् ।

यसअघि दोस्ताना २ को २४ दिनसम्म छायांकन गरेका यी अभिनेतालाई सो फिल्मबाट हटाउँदा निर्मातालाई २० करोडभन्दा बढी घाटा लागेको थियो । कात्तिकको व्यवहार नराम्रो भएको र उनले फिल्म छायांकनमा निर्माता निर्देशकलाई दुःख दिने गरेको निर्माण पक्षको आरोप यसअघि थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर