काठमाडौं । काठमाडौँको स्वयम्भुस्थित छाउनीमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट बा १ ज १४४६ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपलिका–२ घर भई डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामा घाइते भएका छन् ।
उहाँको घाँटीमा चोट लागेको छ । लामामाथि खुकुरी प्रहार गर्ने बाराको कलैया बस्ने १९ वर्षीय विकास सराब पक्राउ परेका छन् । सोही ट्याक्सीमा सवार सराबले के कारणले घटना घटाएका हुन् भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।