जसपाको आन्तरिक विवाद उत्कर्षमा — OSNepal

जसपाको आन्तरिक विवाद उत्कर्षमा

LC (KTM) May 30, 2021 0

जनता समाजवादी पार्टीको दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण पठाएका छन् । यसबाट जसपाको विवाद उत्कर्षमा पुगेको छ । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

यसअघि जेठ ११ गते दुवै पक्षले तीन तीन दिनको स्पष्टीकरण सोधेका थिए । पहिलो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले जवाफ पठाएनन् । दोस्रो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले स्पष्टीकरणको जवाफ नदिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर