ओमिक्रोन बढेपछि मलेसिया सहित ६७ देश बाट आएका यात्रुले अनिबार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने — OSNepal

ओमिक्रोन बढेपछि मलेसिया सहित ६७ देश बाट आएका यात्रुले अनिबार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने

LC (KTM) December 17, 2021 0

पछिल्लो समय कोेरोनाको ओमिक्रोन भेरियन्ट जतात्यतै देखिन थालेपछि सरकारले उच्च सुरक्षा सर्तकता अपनाउन सुरु गरेको छ । बिदेश बाट आउने यात्रुका लाथि थप कडाई गर्न लागिएको अध्यागमन बिभागले जनाएकोृ छ । ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा अनिबार्य बस्नुपर्ने नियम लागू गरेको छ।

आज साँझ विभागले विज्ञप्ति जारी गर्दै अमेरिका, मलेसिया, थुप्रै युरोपेली मुलुकहरूसहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको जनाएको छ ।

सात दिनपछि कोरोना परीक्षण गराउनुपर्नेछ। नतिजा नेगेटिभ आए सात दिन फेरि घरमै क्वारेन्टिन बस्नुपर्ने विज्ञप्तिमा भनिएको छ। नतिजा पोजेटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेसन केन्द्र वा अस्पताल पठाइने पनि विज्ञप्तिमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर