विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अबस्था जटिल, आर्थिक संकलन तत्कालका लागि रोकियो — OSNepal

विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अबस्था जटिल, आर्थिक संकलन तत्कालका लागि रोकियो

LC (KTM) May 29, 2021 0

काठमाडौं-विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्जल थापाको स्वास्थ्य अवस्था जटिल बनेको छ।र बिहानदेखि थापाको स्वास्थ्य जटिल रहेको बताइएको छ । कोरोना संक्रमणपछि उनी मेडीसिटी अस्पतालमा उपचाररत छन्। उनको ईसीएमओ प्रविधिमार्फत थापाको उपचार भइरहेको बताइएको छ । यसैबिच थापाको परिवारले बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको सहयोग अस्वीकार गरेका छन् ।

प्रसाइले शनिवार बिहान एक विज्ञप्ति जारी गर्दै थापाको सम्पूर्ण उपचार खर्च आफूले बेहोर्ने बताए पछि थापाको परिवारले सहयोग अस्विकार गरेको हो । नेपाल मेडिसिटी अस्पतालमा ईसीएमओ प्रविधिमार्फत थापाको उपचार भइरहेको जानकारी गराउँदै उनका परिवारले प्रसाईंको सहयोग आवश्यक नपर्ने बताएका हुन् ।

थापाका परिवार सदस्यले आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै सहयोग आवश्यक नपर्ने जनाएका छन् । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बिहानदेखि थापाको स्वास्थ्य जटिल रहेको बताए ।

अन्य स्वास्थ्य अवस्थाको बारेमा परिवारको आग्रह अनुरूप योभन्दा बढी सार्वजनिक गर्न असमर्थ रहेको उनले सामाजिक संजाल फेसवुकमा लेखेका छन्।उनको उपचारका लागि विगत २४ घण्टामा रु ५० लाखभन्दा बढी सहयोग प्राप्त भएको छ। हालको लागि आर्थिक सङ्कलन बन्द गरिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर